ताप्लेजुङ सहितका कोशी प्रदेशका चार जिल्लामा आइतबार केन्द्रीय प्रसारण लाइन अवरुद्ध हुने छ । आइतबार आठ घण्टा ताप्लेजुङ, पाँचथर, इलाम र झापा जिल्लामा विद्युत सेवा अवरुद्ध भएको हो ।नेपाल विद्युत प्राधिकरण केन्द्र मोरङका अनुसार बिहान ४ बजेदेखि मध्यान्ह १२ बजेसम्म चार जिल्लामा विद्युत अवरुद्ध भएको हो । केन्द्रका अनुसार दुहबी ग्रिड महाशाखा अन्तर्गत दुहबी–दमक १३२ केभी प्रसारण लाइनको केरोन स्थित टावर नं. ६८ तथा ६९ बीचको डेट इन टावरदखि डेड आफ ग्यारेन्टीसम्म लुप इन र लुप आउट लगायतका कार्य गर्नुभएको विद्युत सेवा अवरुद्ध भएको हो ।
केन्द्रले सूचना जारी गरेर शनिबार र आइतबार दुईदिन कोशी प्रदेशका चार जिल्लामा विद्युत सेवा अवरुद्ध हुने जनाएको थियो । सार्वजनिक बिदाका समयमा सरकारी कार्यालयहरूमा प्रभाव नपर्ने गरि समय निर्धारण गरि मर्मतका लागि केन्द्रले विद्युत अवरुद्ध गरेको जनाएको छ ।



दुईदिन विद्युत अवरुद्ध हुने भनिए पनि शनिबार भने स्थानीय जलविद्युतहरुमार्फत उत्पादन भएका विद्युत जडान गरि विद्युत प्रवाह गरिएको नेपाल विद्युत प्राधिकरण, ताप्लेजुङ वितरण केन्द्रका कार्यालय प्रमुख उमेश श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार शनिबार स्थानीय जलविद्युतबाट उत्पादन भएको विद्युत जडान गरि विद्युत प्रवाह गर्न सफल भएपनि आइतबार त्यो सम्भव नभएकाले विद्युत आपूर्ति बन्द भएको हो । सूचनामा उल्लेख भएअनुसारको समयमानै कार्य सम्पन्न गरि विद्युत प्रवाह गर्ने योजना सहित मर्मतको कार्य तिव्र गतिमा जारी राखिएको केन्द्रले जनाएको छ ।



