काठमाडौं । चन्द्रागिरि नगरपालिकाले नगरपालिका क्षेत्रमा शान्ति सुरक्षा, समसामयिक घटनाक्रम तथा लागू पदार्थ दुव्र्यसन न्यूनीकरण विषयमा सरोकारवाला निकायसँग अन्तरक्रिया गरेको छ ।




नगरपालिकाको सभाहलमा सुरक्षा निकायका प्रमुखहरुसँग अन्तरक्रिया नगरपालिका क्षेत्रमा शान्ति सुरक्षा, समसामयिक घटनाक्रम तथा लागूपदार्थ दुव्र्यसन न्यूनीकरण लगायतका विषयमा केन्द्रित रहेको नगर प्रवक्ता कृष्णप्रसाद खड्गीले जानकारी दिनुभयो । प्रवक्ता खड्गीले नगर क्षेत्रको शान्ति सुरक्षामा चुस्तता कायम राख्न अन्तरक्रिया फलदायी हुने विश्वास समेत व्यक्त गर्नुभयो ।



कार्यक्रममा प्रहरी वृत्त थानकोटका प्रहरी प्रमुख डिएसपी एलिजा गिरीले नगरमा रहेका सुरक्षा चुनौतीका विषयमा जानकारी लिनुभएको थियो । यसैगरी अन्तरक्रियामा सहभागी जनप्रतिनिधिहरुले आ–आफ्ना वडाको सुरक्षा समस्याबारे अवगत गराएका थिए ।
अन्तक्रियामा चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी, कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको थियो ।



