काठमाडौं । संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापनाका लागि युनाइटेड मिसन नेसन्स मिसन इन साउथ सुडानमा (अनमिस) मा सहभागी श्रीनाथ गण शान्तिसेना १४औँ डफ्फा बदली भएको छ ।
नयाँ गोरख गण शान्ति सेना १५औँ डफ्फाका १७५ जना शान्ति सैनिकको टोली आज कार्यक्षेत्र दक्षिण सुडान प्रस्थान गरेको छ । श्रीनाथ गणका १७६ जना सोमबार फिर्ता भएका सैनिक जनसम्पर्क निर्देशनालयले आज जनाएको छ ।



दक्षिण सुडानमा राष्ट्रसंघीय शान्ति मिसनमा विभिन्न देशका सेनासँग नेपाली सेनाका एक हजार ७ सय ५७ जनाले समन्वय र सहकार्यका साथ शान्ति स्थापनामा क्रियाशील छन् ।



