संविधान जारी भएको ८ वर्षपछि र संघीयता लागू भएको ६ वर्षपछि बल्ल शिक्षा ऐनसँग सम्बन्धी विधेयक संसदमा दर्ता गरियो । विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा व्यापक संशोधन गरियो । विभिन्न ७५ वटा दफाको ८४ उपदफा संशोधन गरिएको छ । तर, असन्तुष्टि कम भएको छैन । न त शिक्षा समितिबाटै विधेयक पारित भएको छ । यो हिउँदे अधिवेशनमा पनि विधेयक पारित नगरेको र शिक्षक महासंघसँग गरिएको सहमति कार्यान्वयन नभएको भन्दै फेरि शिक्षकहरू काठमाडौं केन्द्रित आन्दोलन गर्न बाध्य भएका छन् ।
तपाईंलाई थाहा छ रु मुलुकमा संघीयता लागू भएको ८ वर्ष भइसकेको छ तर प्रदेश र स्थानीय तहको अधिकार क्षेत्रमा पर्ने विद्यालयलाई व्यवस्थित गर्न चाहिने विद्यालय शिक्षा ऐन अहिलेसम्म बनेकै छैन । यही मुख्य मुद्दा लिएर शिक्षकहरु संघीय सरकार घेर्न काठमाडौं आइपुगेका छन् । शनिबार पनि शिक्षकहरुले माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरे । नागरिकलाई शिक्षा दिने दायित्व बोकेका यी शिक्षकहरुका धेरै ठूलो माग केही छैन, छ त केबल ऐन छिटो ल्याइयोस् । संघीय राजधानी काठमाडौंमा सत्ताको स्वादमा रमाएकाहरु आ-आफ्ना इन्ट्रेस्टुमा विधेयक अलमलाइ रहेका छन् ।




विद्यालय शिक्षा विधेयक १८ महिनादेखि प्रतिनिधिसभा अर्न्तगत शिक्षा, स्वास्थ्य तथा विज्ञान प्रविधि समितिमै अल्झिराखेको छ । विधेयकमा स्वार्थ समूहहरु हाबी भएका छन्, उनीहरुको चाहना विपरिता ऐन ल्याउन नदिने दाउ बुनिएकोछ । त्यसमाथि विधेयकमा भएका कतिपय बुँदालाई लिएर शिक्षा क्षेत्रसँग सम्बन्धित समूह असन्तुष्ट छ । गत भदौमा काठमाडौं केन्द्रित आन्दोलन गरेका शिक्षकहरु नेपाल शिक्षक महासंघको ब्यानरमा पुनस् सरकारलाई दबाब दिन काठमाडौं आइपुगेका छन् ।
शिक्षक महासंघको असहमतिका विषयहरू :
–अस्थायी प्रकृतिका शिक्षकको स्थायित्वको सवालमा सरकार र महासंघबीच भएको सहमति विपरित विधेयक
– शिक्षक कर्मचारीहरूलाई ट्रेड युनियनको अधिकारबाट वञ्चित गराइयो
– २०६०र०६१ सालमा स्थायी भएका शिक्षकहरू अहिलेसम्म एक तह पनि बढुवा नभई अहिलेसम्म तृतीय श्रेणीमै राखिएको
– बालकक्षालाई विद्यालय संरचना भन्दा बाहिर राखियो
– विद्यालय कर्मचारीको सवालमा समेत सम्झौताअनुसार दरबन्दी सिर्जना गर्ने भनेपनि ऐनमा स्थानीय तहलाई जिम्मेवारी दिएको
– विद्यालय व्यवस्थापन समितिकोे संरचनामा अभिभावकको बाहुल्यता देखिएन
– शिक्षकलाई सेवाबाट बर्खास्त गर्ने अधिकार स्थानीय तहलाई दिइयो
– स्थायी भएकोलाई ५ वर्षसम्म सरूवा गर्नु
– २०७५ चैतपछि स्थायी भएका शिक्षकहरूले पेन्सन नपाउने भन्ने व्यवस्था
– राहत शिक्षकको पेशागत भविष्यमाथि विश्वासघात
यसबाहेक प्रधानाध्यापक नियुक्तिका विषयमा पनि शिक्षकहरु असन्तुष्ट छन् । विधेयकले विगतमा शिक्षा मन्त्रालय र महासङ्घबीच सहमति भएका शिक्षक कर्मचारीहरूको माग मुद्दा सम्बोधन नगरे थप आन्दोलन गर्ने उनीहरूको चेतावनी छ । शिक्षकका अनुसार विधेयकमा शिक्षकलाई बढी नियन्त्रण गर्न खोजिएको प्रष्ट छ । अब विवादित विषयलाई सदनमा छलफल गरेर त्यसलाई पारित गर्नुको विकल्प नभएको उनीहरूको तर्क छ । तर १८ महिनादेखि विधेयक विचाराधीन हुँदा शंका उत्पन्न भएको र सरकार विचौलियाका कारण अघि बढ्न नसकेको उनीहरूको निष्कर्ष छ । यदि यो विधेयक पारित भएर ऐन बन्न नसके स्थानीय, प्रदेश र संघ सरकारबीच द्वन्द्व बढ्ने निश्चित छ । त्यसैले संसद्ले विधेयक पारित गरेर नयाँ विद्यालय शिक्षा ऐन अनुसार मुलुकको शिक्षा हाँक्नु आवश्यक छ । होइन भने शिक्षामा हाल देखिएको कानुनी समस्या कहिल्यै पनि समाधान हुनेछैन ।



