काठमाडौं । नेपाल शिक्षक महासंघले नेकपा माओवादी केन्द्रको पार्टी कार्यालयमा धर्ना दिएको छ । विद्यालय शिक्षा विधेयक संशोधनको माग राख्दै आज महासंघले पेरिसडाँडास्थित माओवादी पार्टी कार्यालयमा धर्ना दिएको हो । विधेयकमा विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै महासंघले आन्दोलनको घोषणा गरेको महासंघले हिजो बिहीबार, नेकपा एमाले र बुधबार नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा धर्ना दिएको थियो ।
संसदमा पेस भएको विद्यालय शिक्षा विधेयकमा आफूहरूका माग समेट्नुपर्ने उनीहरूको अडान छ ।






