काठमाडौं । जेन–जी आन्दोलनका क्रममा देशभर प्रदर्शन तीव्र बनेपछि शीर्ष नेताहरूको सुरक्षा चुनौती देखिएको छ । सुरक्षाकर्मीले उनीहरूलाई सुरक्षित स्थानमा सार्न थालेका छन् ।

सरकारले चारवटै सुरक्षा निकायलाई परिचालन गरेको छ । बालुवाटारसहित संवेदनशील क्षेत्रहरूमा सैनिक र निजी हेलिकोप्टरबाट पटकपटक अवतरण गरिएको छ । अन्य स्थानमा रहेका नेताहरूलाई पनि सुरक्षित स्थानमा सारिएको छ । तर, उनीहरू कहाँ लगिएको भन्ने जानकारी सार्वजनिक गरिएको छैन ।

पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा आगजनी भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निवास वरिपरि तनावपूर्ण स्थिति सिर्जना भएको छ । भैंसेपाटीस्थित मन्त्रीक्वार्टरमा पटकपटक हेलिकोप्टर अवतरण भएको छ । प्रधानमन्त्री ओलीले साँझ ६ बजे सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्रीको गृहजिल्ला झापादेखि ऊर्जामन्त्री दीपक खड्काको संखुवासभा निवासमा तोडफोड भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय