नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका मन्त्रीहरुलाई आगामी रणनीतिका बारेमा छलफलका लागि बिहीबार बिहान आफ्नै निवास बुढानीलकण्ठमा बोलाएका छन्।

समाचार स्रोत अनुसार, देउवाले सरकारको वर्तमान कार्यशैली र आगामी योजना बारे आफ्ना मन्त्रीसँग गहिरो छलफल गर्न चाहेका हुन्। यस छलफलको उद्देश्य ओली सरकारको कार्यसम्पादनमा सुधार ल्याउन र पार्टीको रणनीतिक दृष्टिकोणमा सहमति बनाउनु हो।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठित सरकारमा नेपाली कांग्रेसका १० मन्त्री र २ राज्यमन्त्री सहभागी छन्। सरकार गठन भएको ६ महिना भइसक्दा पनि जनअपेक्षित कामहरू हुन नसकेको आरोप कांग्रेसका इतर र संस्थापन पक्षका नेताहरूले उठाउँदै आएका छन्।

यस क्रममा देउवाले पार्टीका मन्त्रीहरूसँगको बैठकमा सरकारको कामकाजमा सुधार ल्याउनका लागि केहि रणनीतिक छलफल गर्ने उद्देश्य राखेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय