नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । मंगलबार दिउँसो तीन बजे सभापति देउवा निवास बूढानीलकण्ठ बस्ने गरी बैठक बोलाइएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएकाहुन ।पछिल्लो समय विकसित घटनाक्रमका बारे छलफल गर्न कार्यसम्पादन समितिको बैठक बोलाइएको पौडेलले जानकारी दिए । कार्यसम्पादन समिति ४६ जनाको हुने व्यवस्था भएपनि देउवाले ३७ जनाको बनाएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबारबाट नयाँ गठबन्धन बनाएपछि कांग्रेस सहितको गठबन्धन भंग भएको छ । नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी लगायतका दल नयाँ गठबन्धनमा सहभागी हुने भएका छन् ।






