शेर्पा समुदायले मनाउने ग्याल्पो ल्होसार पर्व आज विविध कार्यक्रमसहित भव्य रूपमा मनाइँदैछ। २१५२औँ ग्याल्पो ल्होसार मनाउन लागिएको यस पर्वलाई शेर्पा समुदायले नयाँ वर्षका रूपमा विशेष रूपमा धूमधामसहित मनाउने गर्छन्।ग्याल्पो ल्होसार १२ वर्ग (मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर, बराह) मा विभाजन गरिएको छ। यो पर्व फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विभिन्न सांस्कृतिक कार्यक्रम गरी मनाइन्छ।

अनुसन्धानकर्ता टीका शेर्पाका अनुसार, ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालको पालादेखि वसन्त पर्वको रूपमा मनाउन सुरु गरिएको थियो, जसलाई पछि ग्याल्पो ल्होसार नाम दिइएको हो। यस पर्वलाई कतै ग्याल्पो त कतै ग्याल्बो उच्चारण गरिन्छ।पहिले हिमाली क्षेत्रका १२ जिल्लामा मात्र मनाइने ग्याल्पो ल्होसार हाल २२ जिल्लामा मनाइन्छ। शेर्पा समुदायको बसाइँसराइसँगै यो पर्व मनाइने क्षेत्रहरू बढ्दै गएका छन्। यसअघि पुस १५ गते गुरूङ समुदायले तमु ल्होसार र माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले सोनाम ल्होसार मनाइसकेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय