धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशभर आज शोक बिदा दिएको छ । मंगलबार सवारी दुर्घटनामा आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वीबहादुर सिंहको निधन भएपछि सुदूरपश्चिम सरकारले शोक बिदा दिएको हो ।
मन्त्री सिंह गृह जिल्ला बझाङ जाँदै गर्दा केदारस्यूँ गाउँपालिकामा उहाँ सवार ०१००१ झ ४८० नम्बरको सुपप्र डडेलल्धुराबाट चैनपुर आउँदै गर्दा गाडी धारछाडा भन्ने ठाउँमा सडकबाट ५० मिटर तल कालंगा खोला किनारमा खसेको थियो । उहाँको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा मृत्युभएको थियो । दुर्घटनामा सिंही पत्नी अमृता र भाउजू जयादेवी सिंहको पनि निधन भएको थियो । दुर्घटना चालक धर्मराज जोशी र निजी सुरक्षा गार्ड दीपक भण्डारी गम्भीर घाइते भएका छन् । उहाँहरुको उपचार नेपालगञ्जमा भइरहेको छ ।



मन्त्री सिंहको शोकमा प्रदेशस्थित सरकारी कार्यालयका झण्डा आधा झुकाइनेछ ।



