श्रमजीवि पत्रकारहरुको श्रम अधिकार सुनिश्चितताको माग गर्दै सूचना तथा प्रशारण विभागमा धर्ना दिइएको छ । शुक्रवार नेपाल पत्रकार महासंघका प्रतिनिधिसहित श्रमजीवि पत्रकारहरुले श्रम अधिकारको सुनिश्चितताको माग गर्दै विभागका महानिर्देशकलाई ज्ञापन पत्र समेत बुझाएका हुन् ।



महासंघको तर्फबाट बुझाइएको ज्ञापन पत्र ग्रहण गर्दै सूचना तथा प्रशारण विभागका महानिर्देशक शंकर नेपालले विभागमा आएका उजुरीहरुलाई कार्यविधिले तोकेअनुसार फछ्र्यौट गर्दै आएको बताए । उनले श्रमजीवि पत्रकारको हक हीतका लागि ब्यापक छलफल गर्नुपर्ने आवश्यकता पनि औल्याए ।
धर्ना कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले सहजै गरिएका आग्रह राज्यका निकायले नसुनेपछि सडक आन्दोलन गर्नुपरेको स्पष्ट पारे । उनले श्रमजीवि पत्रकारिता ऐनले परिकल्पना गरेको जस्तो भुमिका विभागबाट हुन नसकेको पनि बताए ।
प्रदर्शनकारीहरुले प्रेस रजिस्टारले समेत श्रमजीवि पत्रकारको हकहीतमा काम नगरेको बताए ।



