काठमाडौं । साफ महिला च्याम्पियनसीपमा नेपाल सेमीफाइनलमा प्रवेश गरेको छ । नेपालले आजको खेल सहज रुपमा जित्दै समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो ।

नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको समूह ‘बी’को आफ्नो अन्तिम खेलमा श्रीलंकालाई ६–० गोल अन्तरले पराजीत गर्दै सेमीफाइनलको स्थान पक्का गरेको छ ।

खेलको पहिलो हाफमा नेपालले ४ गोल गर्यो भने दोस्रो हाफमा २ गोल गर्यो। नेपालको जीतमा रेखा पौडेल, सावित्रा भण्डारी, सविता रानामगर, अमिषा कार्की र रश्मीकुमारी घिसिङले गोल गरे ।

यो जीतसँगै नेपालले ३ खेलबाट ७ अंक जोड्यो । आजको पराजयपछि श्रीलंका ३ अंकमा सीमित रहँदै प्रतियोगिताबाट बाहिरिएको छ । श्रीलंकाले पहिलो खेलमा माल्दिभ्सलाई १–० को पराजित गरेको थियो भने दोस्रो खेलमा भुटानसँग ४–१ को पराजीत भएको थियो । भुटानले यसअघि नै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।

सेमीफाइनलमा नेपालले समूह ‘ए’ को उपविजेता भारतसँग आइतबार साढे ६ बजे खेल्नेछ । नेपाल यसपटकसमेत गरेर लगातार सातौँ पटक सेमीफाइनलमा पुगेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय