काठमाडौं । संघीय संसदको चालू अधिवेशन अन्त्य भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम संघीय संसदका दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गर्नुभएको हो ।



नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपतिले पौडेलले २०८२ साल चैत २७ गते शुक्रबार राति १२ः०० बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गर्ने राष्ट्रपतिको कार्यालयबाट जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
संविधानको व्यवस्था अनुसार संघीय संसदको अधिवेशन आह्वान र अन्त्य गर्ने अधिकार राष्ट्रपतिमा निहित रहेको छ, जसअनुसार मन्त्रिपरिषद्को सिफारिसका आधारमा यस्तो निर्णय लिने गरिन्छ ।



