काठमाडौं – सरकारले प्रस्तुत गरेका पाँचवटा अध्यादेश संघीय संसदका दुवै सदनबाट पारित भएका छन्। बिहीबार राष्ट्रिय सभाको बैठकले ती अध्यादेश बहुमतले स्वीकृत गरेको हो। पारित भएका अध्यादेशहरूमा सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा सुधार, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व, निजीकरण, आर्थिक तथा व्यावसायिक वातावरण सुधार, लगानी अभिवृद्धि, तथा सहकारी सम्बन्धी कानुनी संशोधन समेटिएका छन्।

यसअघि, प्रतिनिधि सभाले बुधबार ती अध्यादेशलाई पारित गरेको थियो। अब यी अध्यादेश कानुनी रूपमा लागू हुनेछन्, जसले सुशासन सुधार, लगानी अभिवृद्धि, र आर्थिक व्यवस्थापन सुदृढ गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ।

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय