काठमाडौं । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी संयुक्त राष्ट्र संघीय विश्व सम्मेलनमा भाग लिन आज इजिप्ट प्रस्थान गर्नुभएको छ ।

कार्तिक १९ देखि २३ गतेसम्म इजिप्टको कायरोमा संयुक्त राष्ट्र मानव बसोबास कार्यक्रम (यूएन हेबिटेट) ले आयोजना गरेको विश्व शहरी फोरमको १२औं विश्व सम्मेलनमा भाग लिन प्रमुख गिरी इजिप्ट जानुभएको हो । उहाँले नगरपालिकाको दिगो विकास लक्ष्य अन्तर्गत स्थानीय स्वेच्छिक मूल्याङ्कन प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ । सम्मेलनमा प्रमुख गिरीले एशियाकै मेयरहरुको प्रतिनिधित्व गर्दै ७ मिनेटको मन्तव्य राख्नु हुनेछ । इजिप्ट जानुअघि प्रमुख गिरीले प्रतिवेदन युएनमा प्रस्तुत भएपछि आउँदा दिनहरुमा चन्द्रागिरि नगरपालिकालाई आवश्यक सहयोग जुटाउन धेरै नै मद्दत पुग्नेमा आफु विश्वस्थ रहेको पनि बताउनु भयो । प्रमुख गिरी इजिप्टमा रहँदा अन्य दुई ठाउँको बैठकहरुमा उपस्थित रहने पनि जानकारी दिनुभयो ।

नगरप्रमुख गिरीले आफु सम्मेलन सहभागिताको क्रममा नगरपालिकाको प्रशासनिक कार्यहरुमा निरन्तरताको लागि उप–प्रमुख बसन्ती श्रेष्ठले कार्यबाहक नगर प्रमुखको भूमिकामा रहने र साथै आफ्नो यात्रा र सम्मेलनको अबधिमा नगरपालिकालाई कुनै पनि किसिमको आर्थिक व्ययभार नपर्ने गरी सम्मेलनमा सहभागिता जनाउन लागेको बताउनु भयो ।

प्रमुख घनश्याम गिरी चन्द्रागिरि नगरपालिका वडा नम्बर १० बुद्धचोकमा भएको भिन्तुनाको बृहत कार्यक्रममा सहभागी भई इजिप्टको लागि प्रस्थान गर्नुभएको थियो । उहाँलाई नगरपालिकाका प्रवक्ता कृष्णप्रसाद खड्गी र उहाँको सचिवालयले विदाई गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय