काठमाडौं । संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनमा प्रतिनिधिसभाले शोक प्रस्ताव पारित गरेको छ ।सभामुख देवराज घिमिरेले बैठकमा राखेको शोक प्रस्ताव सभाले सर्वसम्मतिले पारित गरेको हो । बैठकले नेम्वाङको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक–सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ । प्रतिनिधिसभा अर्को बैठक भदौ २९ गते दिउँसो १ बजे बस्नेछ । यसअघि राष्ट्रियसभाले नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको थियो ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकमा प्रस्तुत गरेको शोक प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । बैठकमा नेम्वाङको आत्माको चीर शान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरिएको थियो ।शोक प्रस्ताव पारित गर्दै राष्ट्रियसभा बैठक असोज १२ गते दिउँसो १ बजेसम्मलाई स्थगित भएको हो ।

 

 

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय