नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले संविधान कार्यान्वयनका सन्दर्भमा देखिएका जटिलताहरु महासमितिको बैठकमा छलफल हुने बताएका छन् । सोमवार पार्टी केन्द्रिय कार्यालय सानेपामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री थापाले संविधान संशोधन वा निर्वाचन प्रणालीमा पुनः समीक्षा गर्नेकुरा पनि महासमितिको बैठकमा छलफल हुने बताएका हुन् । उनले बैठकमा नेताहरुले सरकार सञ्चालनका विषयमा सुझाव, चासो, आलोचना गरेको बताए ।

नेता प्रदीप पौडेलले बैठकमा पार्टीले कुन राष्ट्रिय मुद्दामा के निर्णय गरेको छ भन्ने बारेमा सरकार प्रमुखलाई जानकारी गराउने र सरकारलाई ती काम अविलम्व गर्न दबाब दिने निर्णय भएको जानकारी दिए ।

काँग्रेस केन्द्रिय समिति बैठकले महासमिति बैठक तयारीका लागि समिति गठन गरेको छ । सभापति शेरबहादुर देउवाको नेतृत्वमा मुल आयोजक समिति, उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा नीति निर्माण समिति, महामन्त्री गगन थापाको नेतृत्वमा सांगठनिक प्रतिवेदन तयारी समिति र अर्का महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा समसामयिक राजनितिक प्रश्ताव तयार गर्ने समिति गठन गरेको हो । महासमितिको बैठक आगामी मंसिर १३, १४ र १५ गतेका लागि तय भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय