काठमाडौं – संविधान दिवसको अवसरमा जेन–जी आन्दोलनसँग जोडिएको एक समूहले भोलि माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गर्ने भएको छ। समूहका सदस्यका अनुसार संविधान २०७२ को संरक्षणका लागि प्रदर्शन आयोजना गरिएको हो। उनीहरूले मुलुकको समस्या समाधानको आधार यही संविधान भएको उल्लेख गर्दै यसको दायरा बाहिर नजाने स्पष्ट पारेका छन्।



एक सदस्यले भने, “हामीले निकास यही संविधानमै खोज्नुपर्छ। संविधानमा बेवास्ता भयो भने भने ठूलो आन्दोलन गर्न बाध्य हुनेछौं।” यस्तै, यस समूहले हालको अन्तरिम सरकारले तोकिएको समयमै निर्वाचन सम्पन्न गराउनुपर्ने माग राखेको छ। संविधान दिवस असोज ३ गते मनाइँदैछ। सोही दिन बिहान ११ बजे माइतीघरमा शान्तिपूर्ण प्रदर्शन गरिने जानकारी दिइएको छ।



