सिन्धुपाल्चोक, १४ जनवरी – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार संविधान मिचेर अपाकृतिक रूपमा राष्ट्रपतिलाई दबाव र धर्मसंकटमा पार्दै गठन भएको आरोप लगाउनुभएको छ। सिन्धुपाल्चोकको सुकुटेमा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले नयाँ सरकार गठनको प्रक्रिया संविधानको धारा ७६ को ३ अनुसार हुनुपर्नेमा राष्ट्रपतिलाई धारा २ अन्तर्गतै सरकार गठनका लागि दबाव दिइएको बताउनुभयो।

प्रचण्डले त्यस अवसरमा सिन्धुपाल्चोकको तातोपानी नाका पुनः पुरानो अवस्थामा सञ्चालन गर्नका लागि आफूले पहल गरिरहेको पनि जानकारी दिनुभयो। उहाँले, आफू प्रधानमन्त्री हुँदा र नहुँदा पनि सिन्धुपाल्चोकको विकासका लागि सधैं चासो दिने गरेको बताउनुभयो। साथै, पर्यटकीय स्थल सुकुटेमा आयोजित भलिबल प्रतियोगिताको उद्घाटन गर्दै दाहालले नाका पुनः सहज रूपमा सञ्चालनमा ल्याउन नेपाल र चीनको माथिल्लो तहबाट पहल र प्रयास आवश्यक रहेको बताउनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय