काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा बैठकमा आज विशेष सम्बोधन गर्दै हुनुहुन्छ । चीन भ्रमणमा जानु अघि त्यसबारेमा प्रधानमन्त्री ओलीले भ्रमणका बारेमा सदनमा जानकारी गराउन लाग्नुभएको हो ।
प्रधानमन्त्री ओली शनिबार चीन भ्रमणमा जाँदै हुनुहुन्छ । चीन भ्रमणको क्रममा प्रधानमन्त्री ओलीले लिपुलेक मामिलामा भारत र चीनसँग आफ्नो प्रष्ट कुरा राख्ने बताउनु भएको छ ।



चीनमा रहँदा प्रधानमन्त्री ओलीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग पनि भेटवार्ता गर्नुहुनेछ ।



