काठमाडौं । सुदूरपश्चिम प्रदेशमा माओवादी संसदीय दलको नेता फेर्ने निर्णय सच्याउन प्रदेश कमिटीले निर्देशन दिएको छ ।

माओवादी सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश संसदीय दलको नेता रहेका खगराज भट्टलाई दलको नेताबाट हटाएपछि उक्त निर्णय सच्याउन निर्देशन दिएको हो । केन्द्रीय कार्यालयको निर्देशनको अवज्ञा, पार्टीमा अराजकता र स्वेच्छाचारिताले संस्थागत मान्यता पाउने तथा कार्यकताहरूको मनोभावनाको विपरीत भएको भन्दै दलको नेता फेर्ने निर्णय सच्याउन विज्ञप्ति मार्फत परिपत्र गरियको हो ।

संसदीय दलका उपनेता अक्कलबहादुर रावलको अध्यक्षतामा शुक्रवार बसेको बैठकले दलको नेतामा मानबहादुर धामीलाई चयन गरेको थियो । भट्टलाई हटाएर धामीलाई दलको नेता चयर गरेपछि माओवादी पार्टीको प्रदेश कमिटीको बैठक बसेको थियो । सुदूरपश्चिममा मन्त्री फेरबदलको विषयले माओवादीभित्र आन्तरिक द्वन्द्व बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय