काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङको घरमा आगजनी भएको छ । केहीबेरअघि मन्त्री गुरुङको घरमा पुगेर प्रदर्शनकारीहरूले आगजनी गरेका हुन् । सुरुमा प्रदर्शनकारीहरूले ढुंगामुढा गरेका थिए । आक्रोशित उक्त भिडले मन्त्री गुरुङको घरमा आगजनी गरेको सुरक्षाकर्मीहरुले जानकारी दिएका छन् ।
यसैगरी, प्रदर्शनकारीहरुले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको घरमा पनि ढुंगामुढा गरेका छन् । ललितपुरको खुमलटारमा रहेको दाहाल निवासमा ढुंगामुढा भएको हो । ढुंगामुढापछि अहिले दाहाल निवासमा प्रहरी टोली परिचालन गरिएको छ ।






