सत्तारुढ कांग्रेस एमालेले उपसभामुख इन्दिरा रानामगरविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराउने तयारी थालेका छन् । उपसभामुख रानाविरुद्ध महाअभियोग दर्ता गराउनका लागि दुबै दलले छुट्टाछुट्टै संसदीय दलको बैठक बोलाएका छन् । यसै विषयमा छलफल गर्न कांग्रेसको पदाधिकारी बैठक सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको छ । पदाधिकारीबाट उपसभामुख हटाउने प्रस्तावमा सभापति देउवाले समर्थन खोज्नुभएको हो । त्यसपछि मध्यान्न सिंहदरवारमा बोलाइएको संसदीय दलको बैठकले महाअभियोगको निर्णय गरेर हस्ताक्षर संकलन गर्ने तयारी रहेको छ ।

त्यस्तै एमालेले पनि संसदीय दलको बैठक बोलाएको छ । बैठकमा महाभियोगका लागि हस्ताक्षर संकलन गरिने एमालेले जनाएको छ । कांग्रेससँग ८७ र एमालेसँग ७८ सांसद रहेका छन् । महाभियोग दर्ता गर्न यो संख्या पर्याप्त हुन्छ तर पारितका लागि दुईतिहाइ मत आवश्यक पर्छ । यी दुई दलले माओवादीसहितका विपक्षी दललाई विश्वासमा लिनुपर्छ । तर, माओवादीले समर्थन गर्ने सम्भावना कम छ । कांग्रेस(एमालेले अमेरिकी भिसाका लागि सिफारिस गरेको आरोपलाई उपसभामुख हटाउने हतियार बनाउन खोजेका छन् । रास्वपाबाट सांसद बन्नुभएकी रानालाई हटाउन पाए संवैधानिक परिषद्‍मा कांग्रेसको प्रतिनिधित्व सुनिश्चित गराउने दुबै दलको ध्याउन्न देखिएको छ । संवैधानिक परिषद्को बैठकमा अहिले कांग्रेसको प्रतिनिधित्व छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय