काठमाडौं । नेपाली सेनाले पछिल्लो समय विभिन्न प्रकारका टीका टिप्पणी, धारणा र विश्लेषणहरु सम्प्रेषण भइरहेकोले गलत, भ्रामक र झुटा समाचारको पछि नलाग्न आम सर्वसाधारणलाई अनुरोध गरेको छ ।
नेपाली सेनाले गएराति सत्ता पूर्वराजालाई हस्तान्तरण गर्दैछ भन्ने झुटा प्रचार भएपछि सेनाले सूचना निकालेर आफ्नो धारणा स्पष्ट पारेको हो ।



सेनाले आमसर्वसाधारणलाई जनसम्पर्क तथा सूचना निर्देशनालयलगायतका स्थानीय स्तरमा पृतना हेडक्वार्टरसँग समन्वय गर्न पनि अनुरोध गरेको छ ।




