नेकपा एमालेका अध्यक्ष केपी ओलीले मुलुकलाई प्रतिगमनतर्फ लैजाने कोसिस सफल हुन नदिने बताएका छन् । बुधबार पार्टी मुख्यालय च्यासलमा आयोजित केन्द्रिय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेले व्यवस्था विरोधी कुनै पनि प्रतिगमनकारी गतिविधिलाई रोक्ने दाबी गरेका हुन् ।

उनले मुलुकलाई प्रतिगमनतर्फ जानका लागि सरकारले नै अनुकुल वातावरण बनाएको आरोप लगाउँदै गठबन्धनले सरकार छोडनुपर्ने जिकिर समेत गरे । देश अपm्ठ्यारो परिस्थितिमा रहेकाले प्रतिगामी तत्वहरु सल्बलाएको भन्दै उनले देशलाई सही बाटोमा ल्याउने काम एमालेले मात्रै गर्न सक्ने बताए ।

अध्यक्ष ओलीले सरकारले मुलुकको अर्थतन्त्रलाई सकारात्मक बाटोमा फर्काउने सम्भावना नरहेको दाबी समेत गरे । उनले सत्तारुढ गठबन्धनको सत्ता स्वार्थका कारण मुलुकको असंलग्नता र तटस्थतासम्बन्धि परराष्ट्र नीतिलाई समेत धरापमा पारेको आरोप लगाए ।अध्यक्ष ओलीले बामपन्थी एकतामा भन्दा एमालेलाई सुदृढ राष्ट्रिय शक्ति बनाउने काममा केन्द्रित हुन पार्टीका नेता, कार्यकर्तालाई सचेत पनि गराए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय