काठमाडौं । नेपाली कांग्रेसले सन्त नेता एवं पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको आज शताब्दी जन्मजयन्ती मनाउँदै छ । शताब्दी जन्मजयन्तीका अवसरमा कांग्रेले आज विमर्श सभा गर्दै छ । कांग्रेसले ‘आदर्शको राजनीति, विधिको शासन र किसानजीको योगदान’ विषयक विमर्श सभा गर्न लागेको हो ।
सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा हुने सभालाई सभापति शेरबहादुर देउवासहित पार्टीका पदाधिकारीहरू र विशिष्ट व्यक्तिहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ । छन् । कार्यक्रममा संविधानसभा सदस्य एवम् पूर्व मन्त्री नीलाम्बर आचार्य र विश्लेषक सिके लालबीच विशेष अन्तरक्रिया हुने बताइएको छ ।



वि.सं. १९८१ पुस ८ मा जन्मिएका भट्टराईको २०६७ फागुन २० मा निधन भएको थियो । नेपाली कांग्रेसका पूर्व सभापति भट्टराई नेपालको पहिलो संसद्का पहिलो सभामुख तथा बहुदलीय व्यवस्थाको पुनस्र्थापना पछिका पहिला प्रधानमन्त्रीसमेत हुन् ।



