सप्तरीमा दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने सप्तरीमा दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्युएक जना घाइते भएका छन्।

दुर्घटना आज बिहान ५:५० बजे हनुमाननगर कंकालिनी नगरपालिका–१ भलुवा जाने भित्री सडकमा भएको हो।
कंकालिनी मन्दिरबाट भलुवा जाँदै गरेको को १० प ५६२ नम्बर र विपरित दिशाबाट आइरहेको बा ५५ प ६६३९ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए।

दुर्घटनामा शम्भुनाथ नगरपालिका ११ का १९ वर्षीय अभिनाश मण्डल र कंचनरुप नगरपालिका १ का ३४ वर्षीय ओमप्रकाश पंजियारको ज्यान गएको प्रहरीले जनाएको छ।

मण्डलको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा र पंजियारको विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका कंचनरुप १ का ३० वर्षीय सुभाष महतो उपचारपछि डिस्चार्ज भएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय