काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले जबसम्म सर्वहारा श्रमिक वर्गको एउटै पार्टी बन्दैन तबसम्म देशमा क्रान्ति सम्भव नहुने बताउनु भएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा मदन–आश्रित स्मृति दिवसमा खनालले अन्तरविरोधलाई चिरेर सही ढंगले निक्र्योल गर्न जरुरी रहेको उल्लेख गर्नुभयो ।

उहाँले अहिलेको अवस्थामा समाजवादी क्रान्तिको उद्देश्य स्पष्ट नपारेसम्म समाजवादी क्रान्तिलाई अघि बढाउन नसक्ने उल्लेख गर्नुभयो । खनालले समाजवादी क्रान्ति गर्न पहिले कम्युनिष्ट पार्टीहरु अझ बढी सही वैचारिक राजनीतिक कार्यदिशा, नीति र सिद्धान्तको आधारमा एकताबद्ध हुन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय