काठमाडौं । सातै प्रदेशमा सन्देश सभा गर्ने पूर्वनिर्धारित कार्यक्रम अनुसार समाजवादी मोर्चाले आज बुटवलमा लुम्बिनी प्रदेशस्तरीय सभा आयोजना गर्दै छ । बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने सन्देश सभालाई प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लव जसमा प्रदेश इन्चार्ज राज किशोर यादवलगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

मोर्चाले यसअघि भदौ ८ गते मधेस प्रदेशस्तरीय सभा वीरगन्जमा गरेको थियो । अब भदौ १३ गते सुदूरपश्चिमको धनगढीमा, १४ गते कर्णालीको सुर्खेतमा, १५ गते गण्डकीको पोखरामा, २३ गते बागमतीको हेटौँडामा र २५ गते कोशीको विराटनगरमा सभा गर्ने मोर्चाको तयारी छ । माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मिलेर गत असार ४ गते समाजवादी मोर्चा घोषणा गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय