प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको मतगणना सकिएको छ। पछिल्लो समय गोरखा १ र इलाम १ को मतगणना सकिएसँगै समानुपातिकतर्फ पनि सबै मतगणना सकिएको हो । गणनामा राष्ट्रिय स्वतन्त्र पार्टीको बर्चस्व छ । कूल १ करोड ७ लाख ३९ हजार ११५ मत गणना भएकोमा रास्वपाले ५१ लाख ३९ हजार २३५ मत प्राप्त गरेको छ ।
दोस्रो स्थानको नेपाली कांग्रेसले १७ लाख ४९ हजार ५८३ मत प्राप्त गरेको छ । १४ लाख ४८ हजार ८५४ मतसहित नेकपा एमाले तेस्रो र ८ लाख ५ हजार ७७३ मतसहित नेकपा चौथो स्थानमा छन् । ६ वटा दलले मात्रै ३ प्रतशतको थ्रेस होल्ड कटाएका छन् । श्रम संस्कृति पार्टी ३ लाख ७८ हजार ६४९ मतसहित पाँचौ र ३ लाख २९ हजार ४७२ मतसहित राष्ट्रिय प्रजातन्त्र पार्टी छैटौँ स्थामा छन् । थ्रेस होल्ड नकटाएका दल सिट बाँडफाँडमा सहभागी हुन पाउने छैनन् ।



निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले बताउनुभयो । उहाँले मतगणना सकिएसँगै फारम सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट आयोगमा विवरण प्राप्त हुने क्रम जारी रहेको बताउनुभयो । समानुपातिकतर्फको मतगणना सकिएसँगै समानुपातिकतर्फ राजनीतिक दलले पाउने सिट संख्या निर्धारणको गृहकार्य पनि सुरू भएको छ। केही दिनमा यो प्रक्रियाले पूर्णता पाउने छ।



