काठमाडौं । नेकपा एमालेले झुवाघाट–चिवा भञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रामा जनताको असाधारण सहभागी भएको निष्कर्ष निकालेको छ । संकल्प यात्राबारे आज पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘झुलाघाट–चिवा भञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’मा जनताको असाधरण सहभागी भएको दाबी गरेका हुन् ।

अध्यक्ष ओलीले मध्यपहाडी यात्राका क्रममा प्राप्त भएका हजारौं सुझाव, सर्वदलीय ज्ञापनपत्र र मागपत्र प्राप्त भएको उल्लेख गरे । यात्राले एउटा राजनीतिक रुपका गलत भाष्य अस्वीकार र असान्दर्भिक बनाइदिएको समेत उनले दाबी गरे । सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई विथोल्ने प्रयासलाई असफल बनाइदिएको पनि उनको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय