काठमाडौं । मधेश केन्द्रित राजनीतिक दलका नेताहरूले हाल भएका सम्झौता तथा सहमतिहरू कार्यान्वयन गर्न प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई आग्रह गरेका छन्। शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटवार्ताका क्रममा नेताहरूले मधेशमा भएका पछिल्ला घटनाक्रम, जनचासो र समस्याबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन्।

राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै भएका सम्झौताहरूलाई विगतका सरकारहरूले जस्तै बेवास्ता नगर्न आग्रह गरिएको जानकारी दिए। उनले सहमतिलाई कार्यान्वयन गर्दै जनताको विश्वास कायम राख्न सरकार गम्भीर बन्नुपर्ने बताए।

महतोका अनुसार मधेशमा देखिएको तनाव र असन्तुष्टिको अवस्था अन्त्य गर्न राज्य संवेदनशील भएर काम गर्नुपर्ने विषयमा पनि प्रधानमन्त्रीलाई जानकारी गराइएको थियो। उनले मधेशमा फैलिएको असन्तुष्टिको समाधान संवाद, सहकार्य र सहमतिमार्फत खोज्नुपर्नेमा जोड दिए।

भेटमा सहभागी नेताहरूले सरकार र आन्दोलनरत पक्षबीच भएका सहमतिलाई प्रभावकारी रूपमा लागू गर्नुपर्ने तथा आगामी दिनमा यस्ता समस्या दोहोरिन नदिन दीर्घकालीन समाधान खोज्नुपर्ने सुझाव दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय