काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी दीपक भट्ट संलग्न रहेका कम्पनीको संस्थापक सेयरधनीको विवरण मागेको छ । भट्ट संलग्न विभिन्न कम्पनीका संस्थापक सेयर खरिद गर्ने व्यक्तिसँग सम्बन्धित विवरण पेस गर्न सार्वजनिक सूचना जारी गरेको हो । विभागले अनुसन्धानका क्रममा अध्ययन प्रयोजनका लागि आवश्यक विवरण माग गरिएको जनाएको छ ।

विभागले प्रकाशित गरेको सूचनाअनुसार नेपाल माइक्रो इन्सुरेन्स कम्पनी लिमिटेड, गार्डियन माइक्रो लाइफ इन्सुरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्स, लिबर्टी माइक्रो लाइफ इन्सुरेन्स, प्रोटेक्टिभ इन्सुरेन्स कम्पनी, स्टार माइक्रो इन्सुरेन्स कम्पनी, ट्रस्ट माइक्रो इन्सुरेन्स कम्पनी तथा हिमालयन रिइन्सुरेन्स कम्पनीको संस्थापनाकालमा संस्थापक सेयर खरिद गरेका व्यक्तिहरूसँग विवरण माग गरिएको छ ।
विभागका अनुसार बिमा प्राधिकरणबाट अनुमति प्राप्त गर्ने क्रममा संस्थापक सेयर खरिद गर्नेले चुक्ता पूँजीबाहेक अतिरिक्त शुल्क अर्थात् प्रिमियम बापत विभिन्न व्यक्ति वा संस्थाको बैंक खातामा जम्मा गरेको रकमसम्बन्धी विवरण आवश्यक परेको जनाएको छ ।

सूचनामा “के कति रकम, कसको नाममा रहेको, कुन बैंक तथा वित्तीय संस्थाको कुन खातामा जम्मा गरिएको हो,” भन्ने सम्पूर्ण विवरण स्पष्ट रूपमा उपलब्ध गराउन आग्रह गरिएको छ । विभागले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कार्यालयमा उपस्थित भई वा आवश्यक कागजातसहित विवरण बुझाउन भनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय