सरकारको बिभेदकारी भन्सार नीतिले देशभरका स्टील उद्योग बन्द हुने अवस्थामा पुगेका छन । तयारी बस्तुमा लगाउनुपर्ने अन्त शूल्क कच्चा पदार्थमा लगाउदा उद्योगहरु बन्द हुने अवस्थामा पुगेको गुनासो उद्योगीहरुको छ ।सरकारले फलामे छड, जस्ता पाता, लगायत बस्तु उत्पादनका लागि कच्चा पदार्थकारुपमा रहेको स्पन्ज, आईरन र ब्लेडस्मा फरक फरक राजस्व दर तोकेका कारण रुपन्देहीमा उद्योगी मारमा परेका छन । सरकारको गलग भन्सार नीतिका कारण उद्योग मकार्मा परेको उद्योगीको भनाइ छ ।

अघिल्लो आर्थिक बर्षकै गलत नीतिका कारण अधिकांश स्टील उद्योग बन्द भएको अवस्थामा यो बर्ष पनि सरकारले समस्या पर्ने गरि बजेट ल्याएको गुनासो उद्योगीको छ । केही महिना उद्योग बन्द गरेर पुन सञ्चालनमा ल्याएका उद्योगीहरु बजेटले स्टील उद्योगका समस्या सम्बोधन नगरेपछि निरास देखिएका छन । नयाँ बजेट अनुसार राखिएको भन्सार दरका कारण मुल्यमा हुने अन्तरले उद्योग बन्द गर्नुको विकल्प नभएको सञ्चालकको भनाइ छ ।

बिभेदकारी राजस्व नीति हटाउन रुपन्देहीका पञ्चकन्या स्टिल, एसआर स्टिल, एभरेष्ट रोलिङ इन्डट्रिज, बिनायक स्पात, गोयन्का स्टिल र काठमान्डु स्टिलले माग गरेका छन । अघिल्लो बर्ष नै करमा च्यापेपछि चालिस प्रतिशत स्टिल उद्योग बन्द भैसकेका छन । यो बर्ष थप कडाइ गरेपछि चलेका उद्योग पनि बन्द हुने अवस्था आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय