काठमाडौं । सरकारले नागढुंगा–सिस्नेखोला सुरुङमार्गको उपभोग शुल्क तोकेको छ । सरकारले निकट भविष्यमा सञ्चालनको तयारीमा रहेको सुरुङमार्गमा प्रवेश शुल्क निर्धारण गरेको हो । सरकारले तोकेको उपभोग दस्तुर अनुसार सिस्ने खोलाबाट काठमाडौं आउँदा कार भ्यानको ६५ रुपैयाँ र काठमाडौंबाट प्रवेश गर्दा ६० रुपैयाँ कायम गरेको छ ।
यस्तै मिनिट्रक, मिनिबस काठमाडौं आउँदा ११५ र काठमाडौंबाट बाहिरिँदा दुई सय रुपैयाँ तिर्नुपर्नेछ । यसैगरी भारी उपकरणसहित काठमाडौं आउँदा २ सय ६० रुपैयाँ र बाहिरिँदा २ सय ५० रुपैयाँ निर्धारण गरेको छ ।






