काठमाडौं । सरकारले आगामी आ.व. २०८२-०८३ को लागि २० खर्ब रुपैयाँ बराबरको बजेट ल्याउँदै छ । दिउँसो ३ बजे बस्ने संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्रलाई लयमा फर्काउने योजनासहितको बजेट पेश गर्नुहुने छ ।
आगामी बजेटका लागि योजना आयोगले १९ खर्बको सिलिङ दिएको छ । तर मध्यकालीन खर्च संरचना र स्रोत समितिले भने २० खर्ब ८८ अर्ब रुपैयाँ प्रक्षेपण गरेको छ । । यस वर्ष ज्येष्ठ नागरिक भत्ता पाउनेको उमेर ६८ वर्षबाट बढाएर ७० वर्ष पुर्याइने छ । यस्तै कर्मचारीको तलब पनि बढ्ने छ ।



यस पटक सरकारले नयाँ योजना थप्नेभन्दा निर्माणाधीन आयोजनालाई प्राथमिकता राखेर बजेट ल्याउन लागेको हो ।



