काठमाडौं । आन्दोलनरत शिक्षकबीचको वार्ता निष्कर्षजनिक पुगेको सरकारले जनाएको छ । सिंहदरबारस्थित शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको वार्तामा केही तयारी गर्नुपर्ने भएकाले वार्ता नटुंगिएको सरकारले जनाएको हो ।
सरकारको तर्फबाट वार्ताको नेतृत्व शिक्षामन्त्री रघुजी पन्तले गर्नुभएको थियो भने महासंघको तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसहितको टोलीले गरेका थिए ।
वार्तापछि शिक्षामन्त्री पन्तले वार्ता सकारात्मक दिशामा अगाडि बढेको दाबी गर्नुभयो । महासंघका अध्यक्ष सुवेदीले केही विषयमा छलफल भए पनि धेरै विषयमा छलफल हुन बाँकी रहेको बताउनु भयो । उहाँले छलफलबाट निकास निस्केपछि मात्रै आन्दोलन स्थगित गर्ने जानकारी दिनुभयो ।



विद्यालय शिक्षा ऐनलगायत माग राखी शिक्षकहरूले गत चैत २० गतेदेखि राजधानी काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएका छन् ।



