काठमाडौं । आन्दोलनरत शिक्षक र सरकाबीचको वार्ता निष्कर्षविहीन भएको छ । सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको बिरोधमा उत्रिएका शिक्षकहरुसँग सरकारले आज वार्ता शुरु गरेको हो । बिहान गृहमन्त्रालयमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री, शिक्षकहरुबीच भएको वार्ता निष्कर्ष बिहीन भएको हो । शिक्षामन्त्रीको समेत सहभागिता रहेको वार्तामा आन्दोलनका रुट र शान्ति सुरक्षाका विषयमा मात्र छलफल भएको बताइएको छ ।

संसदमा दर्ता भएको शिक्षा विधेयकमा महासंघले विभिन्न १८ बुँदे असहमति जनाउँदै आन्दोलनमा उत्रिएको छ । माग पूरा नभएसम्म आन्दोलन नरोकिने महासंघले चेतावनी समेत दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय