सर्लाही — सदरमुकाम मलंगवास्थित नेकपा (एमाले) र नेपाली कांग्रेसका कार्यालयमा सोमबार प्रदर्शनकारीले आगजनी गरेका छन्। स्थानीयवासीका अनुसार जेनजी आन्दोलनका क्रममा भएको प्रहरी कारबाहीको विरोधमा प्रदर्शनकारीहरू आन्दोलित बनेका थिए। प्रहरीले गरेको दमनप्रति असन्तुष्टि जनाउँदै उनीहरूले दुबै पार्टी कार्यालयमा आगजनी गरेका हुन्।

सोमबारको आन्दोलनका क्रममा देशभर १९ जनाको ज्यान गएको र करिब ४०० जना घाइते भएको विभिन्न स्रोतहरूले जनाएका छन्। घटनापछि विभिन्न सहरमा विरोध प्रदर्शन भइरहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय