काठमाडौं । सर्लाहीमा तेस्रो हरिवन खाना महोत्सव आयोजना गरिएको छ । स्थानीय उत्पादनको प्रबद्र्धन र बजारी करणको उद्देश्य सहित आयोजना गरिएको खाना महोत्सवले यहाँको पर्यटन प्रवर्धनसँगै पछिल्लो समय सुस्त बनेको ब्यापार व्यवसाय समेत चलायमान हुने अपेक्षा स्थानीय व्यवसायीहरुको छ ।

आइतबारबाट पूर्व पश्चिम राजमार्ग स्थित हरिवन नगरपालिका–११, सडक किनारमा खाना महोत्सव सुरु सुरु भएको हो । ‘‘बाटोमा खाउँ बाटोमै रमाउ’’ भन्ने नारा सहित सुरु भएको खाना महोत्सव २०८२ मा स्थानीय उत्पादनबाट बनेका परिकारका स्टल राखिएका छन् । यसरी आयोजना गरिएको महोत्सवले स्थानीय उत्पादनको प्रवर्धन तथा बजारीकरणमा टेवा पुगेको स्थानीय समृद्धि कृषि वन समुहकी उपाध्यक्ष परम कुमारी महतोले बताउनु भयो ।
हरिवन चेम्बर अफ कमर्सको आयोजनामा विगत तीन वर्ष देखी यहाँ खाना महोत्सव हुदै आएको छ । परापुर्वकालमा सामान खरिद बिक्रीको थलो मेला महोत्सव हुने गरेको परम्परालाई यस महोत्सवले कायम राखेको स्थानीयको अनुभव छ । यस महोत्सवमा हरेक वर्ष स्थानीयले उत्पादन गरेका कृषि तथा अन्य लघु उद्यमका सामाग्री बिक्री गर्न पाएको हरिवन नगरपालिका–५, का मदन बहादुर लामाले बताउनु भयो ।

दुई दिन सम्म सञ्चालन हुने यस खाना महोत्सवले थोरै भएपनि व्यापारी वर्गमा चहलपहल सृजना गर्ने सहभागिहरुको भनाइ छ । अर्को तर्फ मौसमी रुपमा उत्पादन गर्ने खाध्यन्न तथा स्थानीय फलफुल आफ्नै बजारमा बेच्ने बातावरण बनेको स्थानीय चुडामणि वाग्लेले बताउनु भयो । साना किसान तथा लघु उद्यममा रहेका व्यवसायमा भर्खर हातहालेका समुहको लागि यस महोत्सव व्यापार मेला बनेको उहाँको दावी छ ।

खाना महोत्सवमा आधा दर्जन बढी स्थानीय परिकारका स्टलहरू समेत राखिएको छ । स्थानीय स्तरमा उत्पादन हुने खाद्यान्नहरू प्रति उपभोगतामा जागरुकता बढाउनु समेत महोत्सवको उद्देश्य रहेको आयोजक संस्थाका अध्यक्ष कृष्ण ओम पोतेको भनाई छ । स्थानीय उत्पादनको बजारी करण होटल पर्यटन प्रवर्धन तथा व्यवसाय पुनः ताजगीको लागि समेत यो कोषेढुगां सावित हुने उहाँको भनाई छ ।

महोत्सवले यस क्षेत्रमा उत्पादन हुदै आएको कृषि उत्पादन बिक्री वितरणमा समेत ठुलो सहयोग गरेको छ । यस खाना महोत्सवले कोरोना र त्यस पछिको आर्थिक मन्दीले थिलथिलो पारेको ब्यापार व्यवसायलाई चलायमान बनाउन मद्दत पुग्ने स्थानीयको कथन छ । महोत्सवमा स्थानीय परिकार सेलरोटी तरकारी, तरुल, सिमल तरुल, उखुको जुस, सखरका परिकार, मकै, फापर, कोदोका परिकार लगायत राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय