काठमाण्डौ – सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहा गर्न माग गर्दै दायर बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी गर्दै रिहा अस्वीकार गरेको छ। सोमबार इजलासमा सुनुवाइ पश्चात अदालतले तत्काल रिहा नहुने निर्णय लिएको हो। उक्त सुनुवाइ लेखकको रिटमा न्यायाधीश कुमार रेग्मीको इजलासले सञ्चालन गरेको थियो। यसअघि शनिबार लेखक र एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले २३–२४ भदौको जेनजी आन्दोलनका क्रममा अनुसन्धानका लागि पक्राउ गरेको थियो।

ओलीको रिट भने मेघराज पोखरेल इजलासमा सुनुवाइ भएको छ, तर आदेश आउन बाँकी छ। ओलीको पक्षमा वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई, राधेश्याम अधिकारी र नेपाल बारका अध्यक्ष विजयप्रसाद मिश्रले बहस प्रस्तुत गरेका थिए।

दुवै नेताका तर्फबाट श्रीमती यशोदा लेखक र राधिका शाक्यले निवेदन दर्ता गरेका थिए। जिल्ला अदालत काठमाडौंले आइतबार उनीहरूलाई पाँच दिन अनुसन्धानको लागि थुनामा राख्ने अनुमति दिएको छ। अदालतको निर्णयपछि दुवै रिटको अन्तिम आदेश सार्वजनिक हुन अझै केही समय लाग्ने देखिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय