काठमाडौं । सल्यानमा पिकअप जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । रुकुम पूर्वको सिस्ने गाउँपालिकाबाट दाङतर्फ जाँदै गरेको ग १ ज ५६६१ नम्बरको पिकअप जिप सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोलामा दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा परि चालक सिस्ने गाउँपालिका–४ अमलाचौर निवासी अन्दाजी ३०–३१ वर्षका विजय विश्वकर्माको घटनास्थलमै मृत्यु प्रहरी चौकि कपुरकोटले जानकारी दिएको छ ।

दाङ जाँदै गरेका चालकसहित चार जना सवार उक्त जिप बिहान करिब पौने पाँच बजेतिर दुर्घटनामा परेको हो । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । घाइतेमध्ये एक जना सानो बच्चा र दुई जना महिला रहेका छन् । दुर्घटनामा घाइते भएका तिन जनालाई उद्धार गरी कपुरकोट गाउँपालिकाको आधारभूत अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि तुलसीपुर पठाइएको छ भने उनिहरुको पहिचान खुल्न बाकी रहेको छ ।

गाडी सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ दुर्घटनाको कारण तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय