सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नम्बर–५ तीर्थपोलेमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।छत्रेशवरी गाउँपालिकामा लागेको मेला हेरेर फर्किने क्रममा लु.१ज १८६१ नम्बरको जीप दुर्घटना भएको हो । जीपमा क्षमता भन्दा बढी यात्रु हुँदा अनियन्त्रित भएर सडकबाट करिब १ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । जीपमा २० जना सवार थिए ।
दुर्घटनामा मृत्युहुनेमा सल्यान शारदा नगरपालीका १२ तिमिले बस्ने अन्दाजी वर्ष ७६ की धुुब्रि बोहरा र बरला १५ कि अन्दाजी ४५ बर्षीकि मुना सेजवाल रहेको प्रहरीले जानकारी दिएको छ ।






