काठमाडौं । सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । रोल्पाबाट तरकारी लिएर दाङ जाँदै गरेको रा.१ च १०२५ नम्बरको जीप कपुरकोट गाउँपालिका–३ चोरखोला सेतापैरास्थित राप्ती राजमार्गमा दुर्घटना भएको हो । दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । दुर्घटनामा घाइते एक जनालाई थप उपचारका लागि दाङ लगिँदै छ ।

मृतकहरुको पहिचान हुन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ । जीप अनियन्त्रित हुँदा सडकबाट करिव ३ सय ५० मिटर तल खसेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय