सल्यान– सल्यानमा बोलेरो जीप दुर्घटनामा आठ जना घाईते भएका छन । जिल्लाको सदरमुकाम खलंगाबाट शारदा नगरपालिका ९ सुनचौर जादै गरेको लुम्बिनी प्रदेश ०२–००१ च ०१९६ नम्बरको बोलेरो जीप सोमबार दिउसो ज्वालापुरमा दुर्घटना हुदा आठ जना घाईते भएका हुन । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरिक्षक रेसम खत्रीका अनुसार जीप दुर्घटनामा घाईते हुनेमा गाडी चालक शारदा नगरपालिका ९ का बर्ष २७ का सुरेन्द्र कवर, सुनचौर बस्ने बर्ष ७२ की भोटी कुमारी बुढाथोकी, बर्ष १७ का कुलबहादुर बुढा, बर्ष ७१ का लालबहादुर भण्डारी, २१ की मन्जरी राना, नीजको पा“च महिनाकी छोरी एलिशा राना, बर्ष २६ का सुशिल कवर र बर्ष ४८ का भुपबहादुर बिक रहेका छन ।
घाईते मध्ये चालक सुरेन्द्र कवरको अबस्था भने गम्भिर रहेको र अन्य सबैको अबस्था मध्यम रहेको प्रहरी निरिक्षक खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार घाईते सबैको उद्धार भैसकेको छ । तीन जनाको जिल्ला अस्पताल सल्यान र पा“च जनाको श्रीनगर स्थित कर्णाली अस्पतालमा उपचार भैरहेको छ । जीप अनियन्त्रित भएर सडक देखि करिब ६० मिटर तल खसेको र घटनाको थप अनुसन्धान भैरहेको उनको भनाई छ ।






