काठमाडौं । हिजो भएको सवारी दुर्घटनामा एक शिक्षकको मृत्यु भएपछि आज मकवानपुरको मनहरी क्षेत्रमा हेटौंडा–चितवन सडकखण्ड अवरुद्ध गरिएको छ । दुर्घटनामा शिक्षक सूर्यबहादुर मोक्तानको निधन भएपछि आक्रोशित स्थानीय र पीडित परिवारले क्षतिपूर्तिसहित विभिन्न माग राख्दै राजमार्ग बन्द गरेका हुन् ।

प्रदर्शनकारीहरूले मृतक मोक्तानकी श्रीमतीलाई रोजगारीको व्यवस्था गर्नुपर्ने, सन्तानको निःशुल्क शिक्षाको सुनिश्चितता गर्नुपर्ने तथा पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । माग पूरा नभएसम्म सडक नखोल्ने अडान उनीहरूले लिएका छन् ।

राजमार्ग अवरुद्ध भएपछि हेटौंडाबाट चितवन जाने र चितवनबाट हेटौंडा आउने सवारीसाधन मनहरीमै रोकिएका छन् । लामो समयदेखि सवारी आवागमन ठप्प हुँदा यात्रुहरू अलपत्र परेका छन् ।
घटनास्थलमा प्रहरी प्रशासन पुगेको छ र आन्दोलनकारीसँग वार्ता गर्ने प्रयास भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय