काठमाडौं । प्रथम एनएपीएफएस अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग ट्रफी फुटबल प्रतियोगिता अन्तर्गत शनिबार भएको अन्तिम लिग खेलमा नेपालय ईङ्गलिस पब्लिक स्कुल, लेवोरेटरी माध्यामिक विद्यालय र सैनिक आवासीय माध्यामिक विद्यालय विजयी भएको छ । विजय भएसँगै यो तीन टिम प्रि–क्वाटर फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ ।




नेपालय ईङ्गलिस पब्लिक स्कुल जोरपाटीलेले राई स्कुल नक्साललाई १०–० गोलअन्तर गोलले पराजित हो । राई स्कुलविरुद्ध नेपालयका सर्वन श्रेष्ठले ४, किशोर दोङ्गले २, सन्देश गडेलले २, बुद्ध खालिङ्ग र रनवीर तामाङले समान १–१ गोल गरेका थिए ।
यसैगरी आजै भएको दोस्रो खेलमा लेवोरेटरी माध्यामिक विद्यालय कीर्तिपुरले पुष्पसदन स्कुल, कीर्तिपुरलाई ४–१ गोल अन्तरले पराजित गरेको छ । लेवोरेटरी माध्यामिक विद्यालयलाई जित दिलाउन रितिक फडेराले ३, विष्णु चन्दले १ गोल गरेका थिए ।

त्यसैगरी शनिबारै भएको तेस्रो खेलमा सैनिक आवासीय माध्यामिक विद्यालय सल्लाघारीले ग्रीन भिलेज सेकेण्डरी स्कुल कीर्तिपुरलाई ७–० गोल अन्तरले पराजित गरेको छ । ग्रीनलाई हराउन सैनिकका मौसम रोकायले २, भुवन कामीले १, रोहित श्रेष्ठले १, दिपक विकले १, दिपेश दुमजान र अनुभव पुरीले १–१ गोलको योगदान गरेका थिए ।

आजको खेलमा नेपालय ईङ्गलिस पब्लिक स्कुलका सर्वन श्रेष्ठ, लेवोरेटरी माध्यामिक विद्यालयका रितिक फडेरा र सैनिक आवासीय माध्यामिक विद्यालयका मौसम रोकाय उत्कृष्ठ खेलाडी घोषित भए । उनीहरुलाई सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक विकाश घिमिरे, विद्यालय समादेशक सशस्त्र प्रहरी नायव उपरीक्षक राजेन्द्र गुरागाई र जुनियर को–अडिनेटर शिक्षक छोटेलाल चौधरीले म्यान अफ द म्याचको ट्रफी प्रदान गर्नुभएको थियो ।

सोमबार देखि सुरु हुने प्रि–क्वाटर फाइनल खेलमा चार खेल हुनेछ । पहिलो खेल नेपाल एपीएफ स्कुल कीर्तिपुर (क) र डि.ए.भि. स्कुल, जावलाखेल, ललितपुर, दोस्रो खेल मनकामना सेकेण्डरी स्कुल जोरपाटी र मोर्डन ईण्डिएन स्कुल, चोभारबीच प्रतिस्पर्धा हुनेछ । सोही दिन हुने तेस्रो खेलमा नेपालय ईङ्गलिस पब्लिक स्कुल जोरपाटी र ग्रीन भिलेज एजुकेशन फाउण्डेशन कीर्तिपुरबीच प्रतिस्पर्धा हुनेछ । साथै चौथो खेल जेम्स स्कुल धापाखेल र राई स्कुल नक्सालबीच भिडन्त हुनेछ ।



