बाग्लुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली सहकारीको रकम अपचलन गरी १६ महिना देखि फरार रहेका छन् ।कास्की र बागलुङको इमेज बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेका मेयर नेपाली फरार भएका हुन् । बचतकर्ताको करिब २ अर्ब बचत रकम कुम्ल्याएर २०८० जेठ ५ मा उनी स–परिवार सम्पर्कविहीन भएका थिए ।

बचतकर्ताको रकम हिनामिना गरेर फरार रहेका नेपालीलाई खोज्न गत माघमा प्रहरीले ‘रेड कर्नर नोटिस’ जारी गरेपनि अझै पक्राउ गर्न सकेको छैन । सहकारी ठगीमा अध्यक्ष नेपालीसहित सञ्चालकविरुद्ध कास्कीका ५ सय २४ र बागलुङका १ हजार ५ सय ४३ बचतकर्ताले गत वर्ष जेठमै उजुरी दिएका थिए । जिल्ला अदालत, बागलुङमा उक्त सहकारीका १३ जना सञ्चालकविरुद्ध मुद्दा चलिरहेको छ भने अध्यक्ष नेपालीसहित ७ जना संचालक अझै फरार छन् । सहकारी संस्थाको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय विशेष छानबिन समितिले पनि अध्यक्ष नेपालीलगायत सञ्चालकलाई दोषी ठहर गरी कानुनी कारबाहीका लागि सरकारलाई सिफारिस गरेको छ । इमेज बचतकर्ता संघर्ष समितिका अध्यक्ष डिलबहादुर कार्कीले अध्यक्ष नेपालीले आफ्नो व्यक्तिगत सम्पत्ति बेचेर बचतकर्ताको रकम फिर्ता गर्ने जनाउँदै आए पनि विश्वासिलो वातावरण तयार नभएको दावी गरे ।

सहकारीका अध्यक्ष नेपालीले सामाजिक सञ्जालमार्फत आइतबार एक विज्ञप्तिमार्फत मिलापत्र गरी बचतकर्ताको रकम फिर्ता दिन आफू तयार रहेको जनाएका छन् । नेपाली नै अध्यक्ष रहेको सोही नामको सहकारी कास्कीको पोखरामा पनि सञ्चालन हुँदै आएको थियो । दुवै जिल्लाका सयौँ शेयर सदस्य र बचतकर्ताको रकम उक्त सहकारीका सञ्चालकले अपचलन गरेका हुन्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय