मोरङ – उमागौरी कृषि सहकारीको रकम अपचलन प्रकरणमा मुछिएकी सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अन्जला कोइराला बुधबार मोरङ जिल्ला अदालतमा हाजिर भएकी छन्।

प्रहरीको फरार सूचीमा रहेका कोइरालालाई अदालतले पुस २ गते पक्राउ पुर्जी जारी गरेपछि उनी फरार थिइन्। अदालत प्रशासनका अनुसार कोइरालाविरुद्ध अब थुनछेक बहस सुरु हुनेछ।

उक्त प्रकरणमा सहकारीका अध्यक्ष शम्भु रौनियार, रंगेली २ का वडाध्यक्ष सन्तलाल खवाससहित २६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो। वडाध्यक्ष खवास ५ लाख रुपैयाँ धरौटीमा रिहा भइसकेका छन्।

बुधबार बिहान अदालत खुलेपछि कोइराला हाजिर भएकी हुन्। सहकारीको रकम अपचलनले स्थानीयस्तरमा जनताको विश्वास कमजोर बनाएको भन्दै यस प्रकरणमा कडा कानुनी कारबाहीको माग भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय