सहकारी पीडितहरुले साउन अठार गते काठमाडौंमा बृहत जनप्रदर्शन गर्ने भएका छन । दुई महिनादेखि काठमाडौं केन्द्रीत आन्दोलन गरेपनि सरकारले माग सम्बोधनमा चासो नदिएको भन्दै पीडितले थप आन्दोलन घोषणा गरेका हुन ।सरकारले सजिलोसँग सहकारी संस्था दर्ता गर्न दिने तर त्यसको प्रभावकारी नियमन र अनुगमन नगर्दा आफ्ुहरुको करोडौं रुपैया जोखिममा परेको पीडितहरुको भनाइ छ ।
दुई महिनादेखि काठमाडौ माइतीघर मण्डलामा बसेर आन्दोलन गर्दै आएका सहकारी पीडितले आफ्नो माग सरकारले सम्वोधन नगरेको भन्दै थप दवावमुलक कार्यक्रम गर्न लागेका हुन । देशभरका ७३ लाख सहकारी पिडितको करिब ६५ अर्ब रकम सहकारीका संचालकले अपचलन गरेको बताइन्छ । तिमध्ये सात दर्जन सहकारीका पीडित काठमाडौं केन्द्रीत आन्दोलनमा छन । सहकारी पिडित संघर्ष समितिले जेठ २० गतेदेखि माइतीघर मण्डलामा धर्ना दिदै आएको छ ।






